मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुर्गादेवी र सुमृतीले जिते ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ 

काठमाडौँ– तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’को विजेता दुर्गादेवी पौडेल अधिकारी र सुमृती शाक्य भएका छन् । क्याफे थिमतर्फ दुर्गादेवी र थेसिस थिमतर्फ सुमृती विजेता बनेका हुन् ।

एक्स्पोमा क्याफे थिमतर्फ निकाश योञ्जन दोस्रो, निवास श्रेष्ठ तेस्रो चुँनिदा सानुमाया बानियाले ‘पब्लिक च्वाई अवार्ड’ हात पारिन् ।

थेसिस तर्फ भने यलिना ताम्राकार दोस्रो, न्यान्सी सिन्टाकला तेस्रो हुँदा पब्लिक च्वाइस अवार्ड सक्रिता राजथलाले प्राप्त गरिन् ।

शोभा ज्ञवाली (अध्यक्ष नेपाल महिला उद्यमी संघ), श्रीच्छा प्रधान (मिस नेपाल वल्र्ड), प्रसिद्ध शाह (मिस नेपाल इन्टरनेशनलले विजेतालाई अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरे ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा दुई दिन आयोजित एक्स्पोको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् ।

प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ बिद्यार्थी हुन् ।

एक्स्पोको थेसिस जुरीमा रञ्जन प्रजापति (आर्किटेक), तेजिता वैद्य अमात्य (इन्टिरियल डिजाइनर) र क्याफे थिममा अदीति पौडेल (आर्किटेक) र पिनु श्रेष्ठ (इन्टेरियल डिजाइनर) रहेका थिए ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनि राखिएको थियो । एक अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइन थिए भने अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको छ । एक्स्पोको विशेष प्रायोजक बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर रहेको थियो ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन  सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो ।

आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको  आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन  एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?