मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समाज

तराईमा तातो हावाले अस्तव्यस्त जीवनशैली, सावधानी अपनाउन विज्ञको आग्रह

काठमाडौँ– जलवायु परिवर्तनका कारण नेपालमा हरेक वर्ष ०.०५२ प्रतिशतले अधिकतम तापक्रम र ०.००२ प्रतिशतले न्यूनतम तापक्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच विगत केही दिनदेखि देशका अधिंकाश भू–भागहरुको अधिकतम तथा न्युनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले बताएको छ । तातो लहरसम्बन्धी विशेष बुलेटिन नै जारी गरेर मौसम पूर्वाअनुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि मापन गरिएको जनाएको छ ।

वर्षा नहुँदा र वनजङ्गलमा डढेलो बढेसँगै भैरहवा, सिमरा, जनकपुर लगायत क्षेत्रको तापक्रम ‘लू’ अर्थात् तातो हावाको लहर चल्ने अवस्थामा पुगेको हो । केही दिन अघि तराईका विभिन्न स्थानको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस नाघेको थियो । गत आइतवार जनकपुरमा ४०.२ डिग्री पुगेको थियो ।

यस्तै धनगढीमा ३८.५ मापन गरिँदा भैरहवामा यस वर्षकै उच्च ४३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै केही दिन पानी पर्ने नदेखिएकाले तातो हावाको लहरबाट बच्नका लागि सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

देशभरको तापक्रममा वृद्धि भएसँगै काठमाडौँ उपत्यका पनि गर्मी बढ्नुका साथै तातो हावासमेत चल्न थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जोय नेपालसँगको कुराकानीका क्रममा बताए ।

प्रधानाङ्गका अनुसार विशेष गरी तराई क्षेत्र धनगढी नेपालगञ्ज, भैरहवा, सिमरा जनकपुर लगायत स्थानको तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि नै मापन गरिएको छ ।

Young man and heat stroke.

लगातार तीन दिन वा सोभन्दा धेरै समय कुनै स्थानको अधिकतम तापक्रम ४० डिग्री वा सोभन्दा माथि नै मापन गरिएमा त्यसलाई तातो हावाको लहर ‘हिटवेभ’ चलेको मानिने उनले बताए ।

हिटवेभको असर कम गर्न स्थानीय तहसँगै सम्बन्धीत सबै सरोकारवाला निकायले तदारुकता देखाउँदै समुदायले अभ्यास गर्दै आएका घरेलु विधिहरुको प्रवर्धन गर्नुपर्ने यस क्षेत्रका विज्ञहरुको भनाइ छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत विहीबार तातो हावाको लहरको प्रभाव र पूर्वतयारी सम्बन्धी विपद् संवादको नै आयोजना गरेको थियो । जसमा ‘लू’ अर्थात् तातो हावाको लहरबाट हुनसक्ने असर कम गर्न यसबाट बच्न अवलम्बन गर्न सकिने उपायका बारेमा सरोकारवालाको बीचमा छलफल गरिएको थियो ।

तातो हावाको लहरले सबै वर्ग र उमेर समूह जोखिममा पर्ने, शारीरिक तथा मानसिक समस्या निम्तने भएकोले यसको प्रभावबाट बच्ने उपाय अवलम्बन गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारीले जोड दिए ।

उनले भने, ‘तातो हावाको लहरबाट यति नै जनाको मृत्यु भयो भनेर हामीसँग एकिन तथ्याङ्क त छैन । तर यसले मानव स्वास्थ्यमा असर नै गर्दैन भन्ने होइन । यसका कारण मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन समस्या बढ्छ भन्ने देखिइसकेको छ ।’

तातो हावाको लहरबाट मानव शरीरमा हुने प्रभावको पर्याप्त अनुसन्धान नभए पनि शरीरका इञ्जाइमहरुले काम गर्न छोड्दै जाने भएकोले यसलाई गम्भीर विषयको रुपमा स्वीकार गर्नुपर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का परामर्शदाता डा. विष्णु प्रसाद मरासिनीको भनाई छ ।

उनले पनि तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा पर्ने प्रभाव कम गर्नका लागि स्थानीय स्तरमा पहिल्यैदेखि प्रचलनमा रहेका घरेलु विधिहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

यता तातो हावाले सबै मानिसको स्वास्थ्यमा प्रतिकुल असर नै पार्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । उनले तातो हावाको लहर चलेको बेलामा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यको विशेष ख्याल राख्न सुझाव दिए ।

यस्तै तातो हावा चलेको बेलामा अत्यधिक गर्मी हुने भएको कारणले अन्य समयभन्दा बढी पानी पिउनुपर्ने जनस्वास्थ्यविद् डा. रमेश ढकालले सुझाए ।

‘तातो हावाको लहरका कारण स्वस्थ मानिसको शरीरमा हुने तापक्रमभन्दा बाह्य वातावरणको तापक्रम बढी भई डिहाइड्रेसनको अवस्था उत्पन्न हुने गर्दछ । जसका कारण सास फेर्न गाह्रो हुने, मुटुको धड्कनको गति बढ्ने, रक्तसञ्चार प्रक्रियामा अवरोध हुन गई मानिस बेहोस हुने तथा ज्यानै जान सक्ने जोखिम समेत उत्पन्न हुनसक्छ,’ उनले भने ।

उनका अनुसार तातो चलेको बेलामा सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन । शीतलमा बस्न, साँझ र बिहानको समयमा मात्रै खेतबारीको काम गर्न उनको सुझाव छ । साथै अरु समयभन्दा धेरै पानी पिउने, फलफूल वा फलफूलका जुसको सेवन गर्नलाई ‘लू’ बाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?