मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता व्यक्तिले गल्तिले पनि खाली पेटमा ड्राई फ्रुट खानु हुँदैन

काठमाडाैँ – धेरैले बिहानको सुरुवात ड्राई फ्रुट्स खाएर गर्छन् । तर के तपाईलाई थाहा छ केही मानिसहरुका लागि यस्तो गर्नु निकै हानिकारक हुनसक्छ । आउनुहोस् थाहा पाउनुहोस् किन खाली पेटमा ड्राई फ्रुट्स खानु हुँदैन ।

आजकल अधिकांश मानिसहरु खाली पेटमा ड्राई फ्रुट्स खाने गर्छन् । चिकित्सक तथा स्वास्थ्य विज्ञहरुका अनुसार हरेक दिन खाली पेटमा ड्राई फ्रुट र नट्स खानुका धेरै फाइदाहरु छन् ।

तर, आज हामी तपाईलाई बताउनेछौं कि बिहान कस्तो आहार लिने, यो सबैभन्दा ठूलो प्रश्न हो । बिहान सबभन्दा पहिले खाली पेटमा यस्ता खानेकुरा खानुपर्छ जसले दिनभर ऊर्जावान बनाउँछ । सुख्खा फलफूल स्वस्थ र पौष्टिक हुन्छ ।

यस्ता व्यक्तिले गल्तिले पनि ड्राई फ्रुट खानु हुँदैन

पेट रोग

पेटको समस्या भएका मानिसहरु । उनीहरुलाई एसिडिटी, ग्यास र पेट दुख्ने समस्या हुन्छ । यस्ता व्यक्तिले ड्राई फ्रुट खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पेटमा गम्भीर असर गर्छ ।

मधुमेह

मधुमेहका बिरामीले भूलवश पनि खाली पेटमा ड्राइ फ्रुट खानु हुँदैन । मधुमेहका बिरामीको सुगर लेभल निरन्तर उतारचढाव हुने भएकाले खाली पेटमा ड्राई फ्रुट खानु नहुने चिकित्सकहरू बताउँछन् ।

एलर्जी

नट र ड्राई फ्रुट खाँदा एलर्जीको समस्या हुन्छ । यस्ता व्यक्तिहरूले धेरै सोचेर खाना खानुपर्छ, अन्यथा यसले गम्भीर समस्या निम्त्याउन सक्छ।

वजन बढाउने समस्या

जसलाई तौल बढ्ने समस्या हुन्छ । उनीहरुले ड्राई फ्रुट्स खानबाट जोगिनुपर्छ । ड्राई फ्रुट्समा उच्च क्यालोरी हुन्छ जसले तौल बढाउने समस्या निम्त्याउँछ । त्यसैले यसलाई खानबाट जोगिनुपर्छ ।

कमजोर पाचन

ड्राई फ्रुटमा भिटामिन, मिनरल्स र पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसमा ठूलो मात्रामा तेल हुन्छ। बिहान खाली पेटमा ड्राई फ्रुट्स खाँदा पाचन सम्बन्धी समस्या हुन सक्छ । यसमा धेरै तेल हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?