मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय

झापा – विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ । दुई वर्षअघि सुरु भएको यो कार्यक्रममा सयौँ किसान लाभान्वित भएका छन् ।

नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले मेयर पकेट कार्यक्रमअन्तर्गत १५ वटा किसान समूहलाई बाख्राको पाठा, खोर, औषधि र नश्लसुधारमा सहयोग पु(याउँदै आएको बताइन् । नगरपालिकाले दिएको तीन वटा बाख्राले पाठा ब्याएपछि एउटा पाठा नगरपालिकालाई फर्काउनुपर्ने नियम छ । त्यसरी फर्काइएका पाठा नगरपालिकाले फेरि अर्को किसान समूहलाई दिने गर्छ । चालु आर्थिक वर्षमा १५ वटा समूहमा दुई सय २५ जना बाख्रापालक किसान कार्यक्रममा जोडिएका छन् । एउटा समूहमा १५ जना किसान छन् ।

नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालनमा लागेका किसान समूहलाई खोर निर्माण गर्न चालु आवमा रु पाँच लाख २५ हजार खर्च गरेको छ । किसानलाई रु दुई लाख ५० हजार मूल्य बराबरका बाख्राको पाठा वितरण गरिसकेको छ । नश्ल सुधारका लागि हरेक समूहलाई रु ७० हजारको दरले बोयर प्रजातिको बीउ बोका दिइएको दाहालले जानकारी दिइन् ।

बाख्रा साटासाट कार्यक्रमले दलित, जनजाति, आदिवासी र विपन्न महिला समुदायको जीविकोपार्जनमा मद्दत पुर्याएको विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले बताइन् । उनले भने, “अधिकांश ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनै पर्दछ । यहीकारण नगरपालिकाले बाख्रा साटासाट कार्यक्रमलाई निरन्तरता दिएको हो ।”

नगरपालिकाले सुरुमा सुङ्गुर साटासाट कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट विपन्न समुदाय लाभान्वित भएपछि बाख्रा र कुखुरा साटासाट कार्यक्रम थप गरिएको हो । सुङ्गुर र बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भए तापनि कुखुरा साटासाट कार्यक्रम सफल हुनसकेन । बाख्राको खोर, गाईको गोठ निर्माणसँगै रोग कीरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ ।

शाखा प्रमुख दाहालका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमासमेत नगरको सहयोग छ । नगरले माछा प्रवद्र्धन कार्यक्रममा चालु आवमा रु १४ लाख खर्च गरेको छ । नगरपालिका माछामा आत्मनिर्भर बनिसकेको छ । नगरपालिकाले यसवर्ष एक हजार आठ सय कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । गाईपालन गरी दूधमा आत्मनिर्भर बनाउन कार्यक्रम अघि सारिएको छ । यसवर्ष नगर क्षेत्रका किसानले पालेका एक हजार गाईको बीमा नगरपालिकाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?