मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युरिक एसिड बढी हुँदा शत्रु बन्छन् यी तरकारी, भुलेर पनि नखानुहोस्

काठमाडाैँ – शरीरमा प्यूरिनको मात्रा बढ्दा युरिक एसिड खतरनाक तहमा पुग्न सक्छ । केही तरकारी यस्ता छन् जसले प्युरिन बढाएर जोर्नी दुख्ने र सुन्निने गर्छ ।

युरिक एसिडको मात्रा बढ्नाले धेरै प्रकारका समस्याहरु निम्त्याउन सक्छ । जब यो बढ्छ, खुट्टाको औंलाहरूमा सुन्निने र गाँठो देखिन थाल्छ। यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ ।

आयुर्वेदमा भनिएको छ कि जब युरिक एसिड बढी हुन्छ, तब केही सागसब्जी खानु हुँदैन। यी सबैमा युरिक एसिड बढाउने गुण हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यसबाट धेरै समस्या पनि बढ्न सक्छ । युरिक एसिडका कारण कुन तरकारी खानु हुँदैन जान्नुहोस् ।

पालक: जसको यूरिक एसिड प्रायः उच्च रहन्छ उनीहरूले पालक खानबाट बच्नुपर्छ। वास्तवमा, पालकमा प्रोटिन उच्च मात्रामा पाइन्छ, जसका कारण गाउटको समस्या गम्भीर बन्न सक्छ र शरीरमा सूजन बढ्न सक्छ।

हरियो मटर : धेरैलाई हरियो मटर मन पर्छ तर त्यसका केही बेफाइदा पनि छन् । मटरले शरीरमा प्यूरिन बढाउँछ। जसका कारण जोर्नी दुख्ने र सुन्निने समस्या बढ्न सक्छ । युरिक एसिडको मात्रा बढेमा यो खानु हुँदैन ।

काउली : काउली खाँदा शरीरमा प्युरिनको मात्रा पनि बढ्छ । जसका कारण बढ्दो युरिक एसिडलाई नियन्त्रण गर्न सजिलो छैन । यसले दुखाइ र सूजन बढाउन सक्छ र धेरै समस्याहरू निम्त्याउन सक्छ।

ब्रोकाउली: ब्रोकाउली जति स्वादिष्ट र स्वास्थ्यकर छ, त्यति नै शरीरका लागि हानिकारक पनि हुन सक्छ । यो खाँदा युरिक एसिड उच्च हुन सक्छ। यो किनभने ब्रोकाउली खाँदा प्यूरिन पचाउन गाह्रो हुन्छ र दुखाइ र सूजन जस्ता समस्याहरू बढ्न सक्छ।

च्याउ : युरिक एसिड बढी भएमा च्याउ खानु पनि बेवास्ता गर्नुपर्छ । पौष्टिक तत्वले भरिपूर्ण भएता पनि यो तरकारीले गाउट र उच्च युरिक एसिडलाई खतरनाक बनाउन सक्छ। यसको सेवनले प्युरिन लेभल बढ्नुका साथै युरिक एसिडको समस्या निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?