मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

काठमाडौँ – साइग्रेस पोखरेलको अडिओ नोभेल ‘अधुरो प्रेम’को फिल्म बन्ने भएको छ। 

शनिबार काठमाडौँमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेसले फिल्म बनाउने घोषणा गरेका हुन्। उनी चर्चित कथावाचक हुन भने युवापुस्तामा लोकप्रिय छन् । 

अडिओ नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको फिल्मको घोषणासहित थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। यसअघि रंगेली बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ भने फिल्मको कार्यकारी निर्मातामा अर्जुन सुवेदी छन्।

यस चलचित्रलाई शिशिर खातीले निर्देशन गर्नेछन्। कलाकार र निर्माण टिमको भने टुंगो लाग्न सकेको छैन। उक्त फिल्म आगामी वर्ष २०८२ मा रिलिज गर्ने निर्माण टिमको लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?