मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डाक्टरसँग बोल्न नहुने यी झुट

बिरामीहरूले डाक्टरहरूलाई सधैँ सत्य तथ्य बताउँदैनन्। यो कुरा तपाई हामीले पनि गरिरहेका हुन्छौ । 

हामीले जति मदिरा पिए पनि चिकित्सकको अगाडि कहिलेकाहीँ पार्टीमा पिउने गरेको भन्छौँ । त्यस्तै नियमित चुरोट सेवन गर्नेले पनि साताको एक पटक भन्ने तयारी जवाफ दिन्छौ ।

त्यस्तै डाइट खाने सवालमा पनि हामीले आफूलाई धोका दिएका हुन्छौँ । अनि भन्ने गर्छौँ – चराले जस्तै थोरै खाँदा पनि तौल बढ्यो । यस्तै यस्तै अन्य थुप्रै झुट हामीले चिकित्सकहरूसँग बोल्ने गर्छौ जुन कुरा हाम्रै लागी हानिकारक हुनसक्छ ।

यसकारण आज हामी हामीले चिकित्सक सामु बोल्ने गरेका झुटहरूको विषयमा छलफल गर्नेछौ । 

म आफ्नो काम र सम्बन्धमा खुसी छु
कचकचे हाकिम, कामको चाप लगायतले हाम्रो स्वास्थ्यमा हानी गरिरहेको हुन्छ । तापनि मानिसहरूले यसको प्रभावलाई अवमुल्यांकन गरेका छन्। तसर्थ आफूलाई आनन्द लाग्ने काम छैन भने यसलाई ‘सुन्दर’ भनेर बढाइचढाइ नगर्नुहोस् ।

तपाईंंलाई चैन छैन वा रमाइलो लाग्दैन भने त्यो काम राम्रो होइन । त्यस्तै असफल विवाह वा व्यक्तिगत जीवनका कारण पनि तपाईँले तनाव भोगेको हुनुपर्छ । तपाईँको जागिर वा पार्टनरले तपाईंंलाई खुसी दिएको छैन भने छैन भन्न सक्नु कमजोरी होइन ।

यदि तपाईँले चिकित्सकलाई सत्य भन्नुभयो भने तनाव व्यवस्थापन गर्ने विभिन्न प्रकारका सहयोग प्रदान हुन सक्छ । सबै कुरा प्रस्ट भन्दा धेरै परीक्षण पनि गर्नुपर्दैन ।

थोरै खाँदा पनि तौल बढ्यो
बिरामीको यो वाक्यांश रेडिमेड वाक्य हो । हामीले खाने क्यालोरीको वास्तविक परिणामबारे हामीले आफैलाई ढाँटेका हुन्छौ । जस्तै जिम खानाको सदस्य हुँदैमा जिमखाना गएका हुन्छौँ भन्ने हुन्न ।

एउटा तितो सत्य के हो भने उपचारका बहानामा हामीले घेरै झुट बोलेका हुन्छौँ । तर झुटले हामीलाई गलत उपचार प्रणालीतर्फ धकेल्न सक्छ । उदाहरणको लागि यदि तपाईँको उच्च रक्तचाप छ भने सुरुमा चिकित्सकले तपाईँलाई जीवनशैली परिवर्तन गर्न सुझाव दिन सक्छ ।

तर तपाईँले चिकित्सकलाई ढाँट्नु भयो भने चिकित्सकले यस चरणलाई बाइपास गर्न सक्छ र प्रारम्भिक चरणमा नै औषधि दिन सक्छ । यसकारण यथार्थता नलुकाईकन आफ्नो जीवनशैली र व्यवहारको विषयमा चिकित्सकलाई बताउने गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?