मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो पिनास ? कसरी बच्ने ?

पिनास अर्थात् (साइनुसाईटिस) टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूमा हावाको साटो सिँगान भरिनु,मासु पलाउनु, ढुसी जम्मा भयो भने यस लाई पिनास भनिन्छ । 

पिनासका लक्षणहरू
–टाउको दुख्ने
–नाक बन्द हुने
–नाकबाट सिँगान वा पानी बगिरहने
–अनुहारका भागहरू दुख्ने
–ज्वरो आउने 
–निधारको अघिल्लो भाग दुखिरहने ।
–आँखा बाट आँसु आइ रहने ।
–नाकबाट बाक्लो सिँगान बग्ने
–मुखबाट खकार आउने
–खोकी लागिरहने
–नाकले कुनै बास्ना र गन्ध थाहा नपाउने

पिनासको कारण 
पिनास विभिन्न कारणले हुन्छ । एलर्जी, भाइरल वा व्याक्टेरियल सङ्क्रमणले गर्दा पनि पिनास हुन्छ । अहिलेको अवस्थामा धेरै एलर्जीका कारण पिनास हुने गर्छ । बालबालिकामा देखिने पिनासका कारण नाक र कानलाई जोडने इस्टाच्युन ट्युवको सङ्क्रमण वा अन्य जन्मजात रोगले गर्दा हुन्छ ।\

के खाने ? के नखाने ?
यस उपचारका लागि एलर्जी जाँच गर्ने सकिन्छ र के कारणले एलर्जी बढिरहेछ त्यो पत्ता लगाई ती कुरा बाट टाढा बस्ने । यदि एलर्जी रियाक्सन छैन भने खानामा कुनै किसिमको रोकटोक हुँदैन । तर पनि सकेसम्म निम्न कुराहरू नखाँदा राम्रो हुन्छ ।
–तारेको खाना, 
–संरक्षित खाद्यान्न,
–कोल्ड ड्रिङ्क, 
–स्टार्चयुक्त खाना, 
–आफूलाई असहज हुने खाने कुरा,

रोकथाम र बच्ने उपाय 
पिनास मौसमी कारणले बढी हुने भएकाले यो समयमा न्यानो भएर बस्ने, चिसो खानेकुरा सकेसम्म नखाने, एलर्जीको कारण पत्ता लगाई त्यसबाट जोगिने रुघा लामो समयसम्म निको भएन भने चिकित्सकको परामर्श लिन सकिन्छ ।

पिनास प्राय एलर्जीका कारण हुने गर्छ । त्यसैले पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ ।

–ढुसी भएको खाने कुरा नखाने ।
–मास्कको प्रयोग गर्ने ।
–धुवा धुलोबाट बच्ने ।
–धूम्रपान नगर्ने ।
–रुघाखोकी लागेका व्यक्तिहरूबाट टाढा बस्ने ।
–मौसमी सङ्क्रमणबाट बच्ने ।
–नाक, कान घाटीको सङ्क्रमण भएकाहरूले यी सङ्क्रमणलाई बेलैमा नियन्त्रण गर्ने ।
–नाकको सफाइमा विशेष ध्यान दिने ।
–नाक, कान घाटी सम्बन्धी कुनै पनि समस्या देखा परे तुरुन्त चिकित्सकको परामर्श लिने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?