काठमाडौँ – जर्मनी बुण्डेसलिगामा बायर लिभरकुसेनले अपराजित रहँदै सिजनको समाप्त गरेको छ ।
गएराती सम्पन्न सिजनको लिगको अन्तिम खेलमा लिभरकुसेनले अगस्बर्गलाई २-१ गोल अन्तरले पराजित गर्दै सिजनमा अपराजित रहेको हो । यस सिजनमा अपराजित रहँदै पहिलो पटक लिभरकुसेनले बुण्डेसलिगाको उपाधि जितेको छ ।
लिभरकुसेन यसअघि ५ पटक उपविजेता बने पनि लिगको उपाधि पहिलो पटक जितेको हो ।
लिभरकुसेन यस सिजनमा खेलेका सबै ५१ खेलमा अपराजित रहेको छ । त्यस्तै जर्मनी लिगमा भने लिभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी खेलेको छ । जर्मनी लिगमा लिभरकुसेनले ८९ गोल गर्यो भने २४ गोल खाएको छ ।
लिभरकुसेनले यस सिजनमा अझै दुई ट्रफी जित्न सक्ने देखिएको छ । लिभरकुसेन अब मे २३ मा युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्ने छ भने मे २५ मा जर्मनीको डिएफबी पोकलको फाइनलमा एफसी काइसेरस्लाउटर्नसँग खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया