मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा बढी कमाई गर्ने फ्रेन्चाइजी फिल्म बन्यो  तमन्नाको ‘अरनमनई ४’

काठमाडौँ – तमन्ना भाटियाको फिल्म ‘अरनमनई४’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । भारत मात्रै नभएर अन्य देशमा समेत कमाल देखाइरहेको यो फिल्मले कमाइमा धनुषको ‘क्याप्टेन मिलर’ लाई पछि पारेको हो । 

दुई हप्तामा सफल रहेको ‘अरनमनई४’ अब तेस्रो हप्तामा पुगेको छ भने कमाइको ग्राफ पनि बढ्दो छ । धनुषको फिल्म ‘क्याप्टेन मिलर’ पनि यसै वर्ष रिलिज भएको थियो ।

अंग्रेज फौजमा रहेको एक भारतीयको यो कहानीलाई धेरैले मन पराएका थिए । यसले घरेलु वक्सअफिसमा ४९.२२ करोड कमाएको थियो । 

यता ‘अरनमनई४’ का कुरा गर्ने हो भने सैकनिल्कको अनुसार यसको कुल कमाई ५०.९९ करोड रुपैयाँ पुगेको छ ।अरनमनई४’ले पहिलो हप्ता ३२.१ करोड कलेक्सन गरेको थियो भने दोस्रो हप्तामा १७.१५ कमाई गर्‍यो ।

सुन्दर सीको निर्देशनमा बनेको यो फिल्म तमन्ना भाटिया र राशि खन्ना मुख्य भूमिकामा देखिएका छन् ।

३ मे बाट प्रदर्शनमा आएको ‘अरनमनई४’ मा सन्तोप प्रताप,रामचन्द्र राजु,जयप्रकाश,केएस रविकुमार लगायतका कलाकार समेत  छन् । ‘अरनमनई४’ अब सबैभन्दा बढी कमाई गर्ने फ्रेन्चाइजी फिल्म बनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?