मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् वीरेनुनका फाइदा

१. भोक बढाउँछ

वीरेनुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले ऊर्जालाई राम्रोसँग प्रयोग गर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागती पानी सँगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

२.अपच हुँदा

पेटका हरेक समस्यामा वीरेनुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्दत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससँगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

३. जोर्नी दुख्दा

मांसपेशी र जोर्नी दुख्दा वीरेनुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुई पटक सेक्ने हो भने तत्काल राहत मिल्छ ।

४. मधुमेहमा लाभकारी

कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठिक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

५.तौल घटाउन उपयोगी

कालो नुनले तौल घटाउन पनि मद्दत गर्छ । शरीरमा पाचन प्रक्रिया ठिक हुन्छ भने खानामा भएको पोषक तत्त्व शरीरले राम्ररी लिन पाउँछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ । त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चार पटक कालो नुन खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?