काठमाडौँ– हामी भर्चुअल दुनियाँमा अभ्यस्त बन्दै गर्दा त्यसमा प्रयोग हुने पासवर्ड कसरी बलियो बनाउने भन्नेमा सचेत हुन आवश्यक छ ।
पछिल्लो समय सामाजिक संञ्जालहरु ह्याक भइरहेका छन् । सामाजिक सञ्जालमा पनि नयाँ अकाउन्ट खोल्दा बलियो पासवर्ड राख्नुहोस् भन्ने पनि आउँछ ।
आफ्नो डिजिटल सुरक्षाका लागि अनलाइन अकाउन्टहरूका पासवर्डलाई बलियो तथा सुरक्षित बनाएर साइबर अपराधी वा ह्याकरबाट जोगिने जोगिनु पर्छ ।
कस्तो पासवर्ड बलियो र सुरक्षित हुन्छ त ?
लामो पासवर्डलाई सजिलैसँग तोड्न सकिँदैन । पासवर्डलाई समय समयमा पनि परिवर्तन गरिरहनु पर्छ । सके सम्म धेरै डिभाइसहरूमा पनि आफ्नो पासवर्डहरू लगइन गरेर लग आउट नगरी हिँड्नु हुँदैन ।
आफ्नो डिजिटल सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्दा यसले डिजिटल अकाउन्टलाई सुरक्षित राख्नका मद्दत गर्छ । साथै आफ्नो पासवर्डमा कसैको नाम, जन्म मिति वा मोबाइल नम्बर जस्ता कुराहरू राख्नु हुँदैन।
सामाजिक संञ्जालहरुमा पनि आफ्ना निजी जानकारीहरू शेयर गर्नु हुँदैन ।
गुगलक्रोमबाट बलियो पासवर्ड बनाउनका लागि सबैभन्दा सुरुमा क्रोमको सेटिङमा गएर सिंक फिचर इनेबल गरी कुनै पनि वेबसाइटमा जाने र एउटा नयाँ अकाउण्ट क्रियट गर्ने र पासवर्ड बक्समा ट्याप गरेपछि, क्रोमले स्वचालित रूपमा तपाईँलाई एउटा मजबुत पासवर्ड बनाउन सघाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया