मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुर अस्पतालमा पाठेघर खस्ने १८ जना महिलाहरुको निःशुल्क शल्यक्रिया सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालले १८ जनाकोे निःशुल्क उपचार एवं शल्यक्रिया गरेको छ । अस्पतालमा बिहिबार र शुक्रबार आयोजित कार्यक्रमबाट पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियागरेको हो

अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमका अनुसार दुई दिने शिविरमा १९ जनाकाृे सहभागिता रहेको थियोृ । उनले भनिन्, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन भने, कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।’ आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको समेत उनले जानकारी दिइन् ।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिदै उहाँले अस्पतालले विहिवारदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताइन्। भक्तपुर अस्पतालको नयाँ भवन बिस्तार भएसंगै बिरामीलाई थप सेवा र सुविधाको राहत भएको छ ।

उनका अनुसार निःशुल्क नहुने हो भने, पाठेघरको अप्रेसन खर्च १५ देखि २० हजार लाग्छ । जटिल खालको अप्रेसन हा भने, प्राइभेट अस्पतालमा २ देखि ३ लाखसम्म पनि लाग्ने रोगको उपचार हामीले निःशुल्क गरेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?