मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लागूपदार्थ सेवन गरी सवारी चलाउने ६ चालक पक्राउ

काठमाडौँ – लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई  ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाले नियन्त्रणमा लिएको छ । 

उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

नागढुङगामा हिजो २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागूपदार्थ सेवन गरेको पाइएको हो ।  

यसरी लापसे गरेर सवारी चलाउनेमा ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका–३ का २६ वर्षीय सुशील परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका–१० का २६ वर्षीय पारस अधिकारी रहेका छन् ।

त्यस्तै मधेश प्रदेश ०३–००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१–००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका–३ का २२ वर्षीय जीवन राईलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब,ड्रग्स किटमा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे नगरेको चेक गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?