काठमाडौँ – सन् २००१ मा रिलिज भएको बलिउड फिल्म ‘नायक’को सिक्वेलमा काम भइरहेको निर्माताले पुष्टि गरेका छन् । एक अन्तर्वार्तामा क्रममा निर्माता मुकुटले फिल्मको सिक्वेलको काम भइरहेको पुष्टि गरेका हुन् ।
यस पटक पनि अनिल कपुर र रानी मुखर्जीको जोडी देखिने अपेक्षा गरिएको सिक्वेलको छिट्टै घोषणा हुनसक्ने समेत बताइएको छ ।
‘हामी सिक्वेल बनाउने तयारीमा छौँ । फिल्मको राइट्स निर्माता एएम रत्नमसँग धेरै पहिले नै किनेको थिएँ ।’, निर्माता मुकुटले मिड डेसँगको अन्तर्वार्तामा भने ‘हामी सबै मुख्य कलाकार र अन्य कलाकारहरूलाई ध्यानमा राखेर स्क्रिप्टमा काम गरिरहेका छौँ। लेखन कार्य सम्पन्न हुने बित्तिकै हामी थप योजना बनाउँछौँ।’
फिल्म कसले निर्देशन गर्ने भन्नेबारेमा छलफल भइरहेको तथा १–२ जना निर्देशकको बरेमा सोचेको समेत उनले बताएका छन् । तर कसैको नाम भने फाइनल भएको छैन ।
प्राप्त जानकारी अनुसार दोस्रो भागको कथा अघिल्लो भागमा समाप्त भएको ठाउँबाट सुरु हुनेछ भन कलाकारमा अनिल कपुर र रानी मुखर्जीसँग कुराकानी भइरहेको छ ।
एस शंकरद्वारा निर्देशित यो फिल्म १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए। फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया