मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दलमा आवद्ध शिक्षकमाथिको कारबाहीमा कडाइ, विवरण पेस गर्न निर्देशन

काठमाडौँ – दलमा आवद्ध शिक्षकहरूमाथिको कारबाहीमा कडाइ गर्ने बाटोमा सरकार अघि बढेको छ । 

यसैका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहतका निकायसँग दलको सदस्य रहेका शिक्षक र कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको हो । 

केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको  कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक र कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भनेर १५ दिनभित्र विवरण पेस गर्न भनेको हो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही ७ वैशाखमा केन्द्रलाई पत्राचार गर्दै दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा निर्देशन दिएको थियो ।

त्यसलगत्तै केन्द्रले यो निर्णय कार्यान्वयन गर्न देशभरका इकाइ तथा स्थानीय तहहरूलाई पत्राचार गरेको थियो । सोहि निर्देशन कार्यान्वयको अवस्था हेर्न केन्द्रले कारबाहीको विवरण माग गरेको हो

केन्द्रले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने शिक्षकहरूको विवरणसमेत माग गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?