काठमाडौँ – बेपत्ता भएको भनिएका ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरुचरण सिंह तीन सातापछि घर फर्किएका छन् । उनी अप्रिल २२ गतेदेखि बेपत्ता उनी शुक्रबार घर फर्किएका हुन् ।
२२ अप्रिलमा दिल्लीस्थित आफ्नो घरबाट मुम्बई प्रस्थान गरेका उनी न एयरपोर्ट पुगे न घर फर्किए । यसपछि दिल्ली प्रहरीले अपहरणको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको थियो।
गुरुचरणले एटीएमबाट ७ हजार रुपैयाँ निकालेपछि उनको फोन स्वीच अफ भएको प्रहरीले जनाएको थियो । अहिले घर फर्किएका उनले यी तीन हप्तामा अमृतसर, लुधियानलगायत धेरै सहरका गुरुद्वाराहरूको भ्रमण गरेको बताए ।
दिल्ली प्रहरीले गरेको सोधपुछका क्रममा आफू सांसारिक काम त्यागेर आध्यात्मिक यात्रामा निस्किएको बताएका उनले ‘पछि घर फर्किनुपर्छ भन्ने महसुस भएपछि घर फर्किएको समेत बताएका छन् ।
सिंहको छिट्टै बिहे गर्ने तयारीमा रहेका उनी आर्थिक सङ्कटसँग जुधिरहेका छन् ।
‘तारक मेहता का उल्टा चश्मा’मा को स्थापनादेखि सन् २०१३ सम्मको एक हिस्सा रहेका उनले निर्माता असित मोदीसँगको केही विवादका कारण उनले शो छोडेका थिए ।
तर पछि दर्शकको मागका कारण शोमा फिर्ता भएका उनले फेरि उनले ६ वर्ष काम गरयसपे । सन् २०२० मा लकडाउनका बेला आफ्ना बुबाको हेरचाह गर्न शो छोडेका उनी त्यसपछि भने अभिनयबाट टाढिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया