काठमाडौँ – भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ फेरि प्रदर्शनमा आउने भएको छ ।
सन् २०११ मा प्रदर्शनमा आएको यो फिल्म १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको हो । गायक आचार्यप्रति ट्रिब्युटको रुपमा फिल्म पुनः हलमा ल्याउन लागिएको हो । फिल्म आगामी असार ७ गतेबाट प्रदर्शनमा ल्याउन लागिएको हो ।
फिल्ममा भक्तराज र सत्यराज मुख्य भूमिकामा देखिएका छन् । सत्यराजको अलावा फिल्ममा सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई र विपिन कार्कीको समेत अभिनय छ ।
प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्म रिलिजका लागि निर्माण युनिटले शनिवार एक कार्यक्रम समेत राखेको छ । कार्यक्रममा फिल्मको नयाँ ट्रेलर रिलिज र अन्य जानकारी दिइने कलाकार आचार्यको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया