मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुरमा नैचाल–मालीगाऊँ बुद्ध दर्शन साइकल यात्रा हुने

भक्तपुर – बुद्धजयन्तीको अवसरमा भक्तपुरमा नैचाल–मालीगाऊँ बुद्ध दर्शन साइकल यात्रा हुने भएको छ। बुद्ध जयन्ती समारोह समिति, मुनी बिहार भक्तपुरको आयोजनामा साइकल कनेक्ट भक्तपुरको संयोजन तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा जेठ ५ गते शनिबार साइकल यात्रा हुन लागेको हो।

भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६८ को अवसरमा हुने यात्राका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ।

विगत ३ वर्षदेखि मुनी बिहारले बुद्ध पुर्णिमाको साप्ताहिक कार्यक्रम अन्तर्गत साइकल यात्रालाई पनि समावेश गर्दै आएको छ। साइकल यात्रामा सहभागी हुन भक्तपुर लगायत काठमाडौं, पाटन, कीर्तिपुरबाट पनि सहभागीहरूले नाम दर्ता गराएको जनाइएको छ। यात्रामा सहभागी हुन एक सय नौ जनाले नाम दर्ता गराएको कार्यक्रम संयोजक सुमित बालाले जानकारी दिए।

साइकल यात्रा बिहान ७ बजेबाट सुरु हुनेछ। साइकल यात्रा भक्तपुर ईनाचो अवस्थित मुनि बिहारबाट सुरु भई सुकुलध्वाका, तःमारी, राम मन्दिर, सूर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, बोक्चे घाङ्ग ‘बुकाचो गढी’, नैचाल गोम्बा डाँडा, काक्राबारी, मालीगाँउ बुद्ध पार्क पुगेर सिपाडोल डोलेश्वर हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन हुनेछ।

साइकल यात्रीहरूलाई नैचालमा गोम्बा डाँडा संरक्षण समितिबाट तथा मालीगाँउमा स्थानीय अगुवाहरूबाट स्वागत तथा सम्मान कार्यक्रम हुने जनाइएको छ। साथै भैषर्य वास पसः, इनाचोले स्वास्थ्य सेवा प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?