मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उच्च रक्तचाप भएका व्यक्तिहरूले खानुपर्ने १३ खानेकुरा

कुनै रोग लाग्दा विशेष ध्यान दिनुपर्ने कुरा हो, खाना । दीर्घरोगीले त खानेकुरामा अझ धेरै सतर्क हुनुपर्छ । के खाँदा हुन्छ, के हुँदैन ? भन्ने जानिराख्नुपर्छ ।

खान नहुने नखाई मुख बार्न सकिएन भने रोग निको पार्न समय लाग्न सक्छ वा रोग नै निको नहुन सक्छ । त्यसकारण उच्च रक्तचापको समस्या भएका बिरामीका लागी खान हुने १३ खानेकुराको विषयमा आज हामी चर्चा गर्नेछौ । 

केरा

केरामा पोटासियम हुने भएकाले उच्च रक्तचाप भएका व्यक्तिको लागि उपयोगी हुन्छ । यसलाई दिनको दुई वटासम्म खान सकिन्छ । पोटासियमले रगतमा सोडियमको मात्रा कम गर्ने र रक्तसञ्चारमा नियमित गराउन मद्दत गर्छ । यसलाई पकाएर होइन, प्राकृतिक रूपमा खानुपर्छ । तर उच्च रक्तचापसँगै मधुमेहको समस्या छ भने यसको सेवन गर्नु हुँदैन ।

स्याउ

स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरमा तौल नियन्त्रण गर्न मद्दत गर्छ । स्याउमा पाइने घुलनशील फाइबरले धमनीका भित्ताहरूमा कोलेस्टेरोल जम्न नदिने र खराब कोलेस्टोरोल घटाउँछ । रक्तसञ्चारलाई स्वस्थ बनाइराख्छ । किनभने उच्च रक्तचाप पनि शरीरमा तौल बढ्नाले वा तौल बढेका व्यक्तिलाई हुने गर्छ । दिनको दुई वटा स्याउ खान सकिन्छ । स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

किवी

दैनिक किवीको सेवनले पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । मेडिकल न्युज टुडेमा रक्तचापका लागि उपयोगी १८ खानेकुरामा दैनिक ब्रेकफास्ट खानुअघि दुई वटा किवी खाँदा ब्लड प्रेसर २.७ मिलिमिटर मर्करी (एमएमएचजी) कम भएको जनाएको छ । सात हप्ता दैनिक दुई किवी फ्रुट सेवन गर्दा शरीरमा मेटाबोलिक र रक्तचापको प्रभाव अनियमितता नियन्त्रण गर्छ । उच्च रक्तचाप नियन्त्रण गर्न भिटामिन सी सप्लिमेन्ट खान दिइन्छ । किवीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ ।

खर्बुजा

खर्बुजामा सिटुलिन नामक एमिनो एसिड हुन्छ । यसले शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्छ । यसले रक्तनलीलाई आराम दिनुका साथै धमनीलाई लचिलो बनाउन सहयोग गर्छ । यसकारण रक्तसञ्चारलाई नियमित बनाएर उच्च रक्तचाप कम गर्न मद्दत गर्छ ।

गोलभेँडा

गोलभेंडामा लाइकोपिन नामक एन्टिअक्सिडेन्ट हुन्छ । सन् २०२१ मा गरेको एक अनुसन्धानमा गोलभेँडा उपभोग गर्दा उच्च रक्तचाप भएका वा नभएका व्यक्तिमा सिस्टोलिक रक्तचापलाई उल्लेखनीय रूपमा कम गर्न सक्छ । यद्यपि गोलभेँडालाई प्रयोग गर्दा समान परिणाम उत्पन्न भएन ।

अनार

अनारमा एन्टिअक्सिडेन्ट र अन्य तत्त्व हुन्छन्, जसले उच्च रक्तचाप र एथेरोस्क्लेरोसिसलाई रोक्न मद्दत गर्छ । सन् २०१८ को एक परीक्षणले दैनिक अनारको जुस सेवन गर्ने मान्छेमा सिस्टोलिक र डायस्टोलिक रक्तचाप कम गर्नुका साथै मधुमेह पनि कम गर्न मद्दत गर्छ । रक्तचापको उच्च मापन हुँदा मुटु धड्किएसँगै धमनीहरूमा पर्ने चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ । धड्कनका बीचमा हुने कम चापलाई डाइअस्टोलिक रक्तचाप भनिन्छ । सन् २०१७  नेसनल लाइब्रेरी अफ मेडिसिनले आठ जना व्यक्तिमा गरेको परीक्षणमा नियमित अनारको जुस सेवन गर्दा रक्तचाप कम गर्ने प्रमाण फेला पारेको छ ।

फर्मेन्टेड फुड

फर्मेन्टेड खाना जस्तै गुन्द्रुक, सिन्की, दहीमा प्रोबायोटिक्स प्रशस्त मात्रामा हुन्छ । यसले रक्तचाप व्यवस्थापन गर्न मद्दत गर्छ । सन् २०२० मा नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरियामा ५० वर्ष वा सोभन्दा माथिका ११ हजार ५६६ वयस्कको डाटा विश्लेषण गरेका थिए । यसमा फर्मेन्टेड फुड सेवन गरेका महिलालाई उच्च रक्तचापको जोखिम कम थियो । उच्च रक्तचापको प्रो–बायोटिक्स सप्लिमेन्टको रूपमा दिइन्छ ।

लसुन

लसुनमा एन्टिबायोटिक र एन्टिफंगल भरपुर हुन्छ । अमेरिकाका सन् २०२० मा  नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार लसुनले हुने एलिसिन नामक तत्वले धमनीलाई कडा हुनबाट जोगाउने र गट माइक्रोबायोटा (मानव शरीरमा हुने सूक्ष्म जीवाणु) सुधार गरेर उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । यही एलिसिन शरीरमा कोलेस्टेरोलको स्तरलाई कम गर्छ, जसले मुटुरोगको जोखिम कम हुन्छ । त्यसैले लसुनको उपयोगले एलडीएल अर्थात् नराम्रो कोलेस्टेरोललाई कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै ब्लड प्रेसर (रक्तचाप)को स्तरलाई ठिक राख्न सघाउँछ ।

माछा

नेपालमा पाइने रोहु माछा (ओयली फिस) ओमेगा थ्रीको राम्रो स्रोत हो । यसले उच्च रक्तचाप र हृदयरोगको जोखिम कम गर्न सक्छ । जनरल अफ तथा अमेरिकन आर्ट एसोसियनले सन् २०२२ मा गरेको अनुसन्धान अनुसार दैनिक तीन ग्राम ओमेगा थ्री फ्याटी एसिडको खानाले रक्तचाप कम गर्न मद्दत गर्छ । माछा हप्तामा दुई पटक खाँदा राम्रो हुन्छ ।

ओखर

दैनिक नियमित ओखरको सेवन गर्दा वृद्धवृद्धामा हुने सिस्टोलिक रक्तचाप र मानसिक समस्याका कारण हुने उच्च रक्तचाप कम गर्छ । ओखरमा ओमेगा थ्री भएका कारण शरीरमा कोलेस्टेरोलको स्तर कम मद्दत गर्छ । उच्च रक्तचापको मूल कारण तनाव भएकाले उच्च रक्तचापलाई नियन्त्रण गर्न यसको महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

कागती, सुन्तला तथा अङ्गुर खाने

उच्च रक्तचाप भएका व्यक्तिले डाइटचार्ट अनुसार कागती, सुन्तला तथा अङ्गुर (अमिलो) लगायत खाना खाने गर्नुपर्छ । यस्ता खानेकुरामा पोटासियम मात्र बढी हुन्छ यस्ता खानेकुराले उच्च रक्तचाप घटाउन मद्दत गर्छ । यस किसिमका फलफूल तथा खानामा भिटामिन, मिनरल्स तथा प्लान्ट कम्पाउन्ड तत्त्व रहेको हुन्छ । यसले मुटुलाई राम्रो बनाउँछ ।

हरियो सागसब्जी

हरियो सागसब्जी भरपुर मात्रामा फाइबर, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता पोषक तत्त्व पाइन्छ । यसले धमनीलाई सफा राख्न मद्दत गर्छ । उच्च रक्तचापबाट घटाउँछ । त्यस्तै हरियो सागपातमा पनि भिटामिन सी पाइन्छ । फलफूलको तुलनामा तरकारीमा भिटामिन सी कम मात्र हुन्छ । दिनको दुई–तीन पटक खानामा समावेश गर्दा तरकारीबाट पनि भिटामिन सी पर्याप्त प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?