मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आगलागी पिडितलाई राहत वितरण

कञ्चनपुर – कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरीको  ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।

पीडितहरूलाई दैनिक प्रयोग हुने भाडा वर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरबार विहीन भएका नागरिकहरूलाई तत्काल अस्थायी बसोबास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिष्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरूमा रहेका  छन् ।

यसअघि जाजरकोट र पश्चिम रुकुमको भूकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराइएको थियो ।  

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिन्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडा वर्तन, नगद, जिन्सी सामान लगायत पशु चौपाया जली नष्ट भएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?