काठमाडौँ– अब एन्ड्रोइड फोनमा स्पाम कल थाहा पाउने फिचर आउने भएको छ ।
भर्खरै मात्र सम्पन्न गुगल आईरओ २०२४ कार्यक्रममा स्वतः स्पाम कल थाहा पाउने फिचर घोषणा गरिएको हो । यसका लागि एन्ड्रोइडमा जेमिनाई नानो नामक एआई मोडेल प्रयोग गर्ने गुगलले जनाएको छ ।
यस मोडेलले प्रयोगकर्ताको कुराकानीका आधारमा कुनै पनि कल स्पाम हो वा होइन भनेर पहिचान गर्ने बताइएको छ ।
तर गुगलले डिभाइस र गोपनीयतालाई सुरक्षित राख्ने बताएको छ । यस्तै यो फिचर हाई इन्ड तथा फ्ल्यागशिप फोनमा मात्र आउने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया