मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानका सबैभन्दा कान्छा भ्लगरले किन छोडे युट्युब ?

काठमाडौँ – पाकिस्तानका सबैभन्दा कान्छा भ्लगर मोहम्मद शिराजले युट्युब छोडेका छन् ।

बुधबार आफ्नो च्यानलमा ‘लास्ट भ्लग’ शीर्षकको भिडिओ राख्दै उनले भनेका छन्, “म आजदेखि भ्लग बनाउँदैन ।  त्यसैले आज यो मेरो अन्तिम भ्लग हो ।”

आफू युट्युबबाट टाढिन लागेको बताएका उनी यसो भनिरहँदा भावुक बनेका थिए । उनले सार्वजनिक गरेको सो भिडिओमा उनका बाबुले अहिलेको समयमा उनलाई भ्लगिङभन्दा पनि पढाइतिर केन्द्रित गराउन भ्लगिङ बन्द गर्न सुझाव दिएको बताएका छन् ।

भ्लगरका रुपमा चर्चित ६ वर्षीय सिराजको युट्युब च्यानलमा १५ लाख ६० हजार बढी सब्सक्राइबर, फेसबुकमा १७ लाख बढी फलोअर र इन्स्टाग्राममा २१ लाख बढी फलोअर छन् ।

उनी पाकिस्तानकै सबैभन्दा चर्चित भ्लगरमध्येका एक हुन् । तीन महिनाअघिदेखि उनी युट्युबमा लगातार भ्लग राख्दै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?