मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफिस ड्रेसमा कसरी स्टाइलिस देखिने ? अपनाउनुहोस् यी उपाय

काठमाडौँ – पहिरन मानिसको पहिचान हो । कसले कसरी कपडा लगाउँछ भन्ने विषयले उसको व्यक्तित्वको समेत परिचय दिन्छ भने राम्रो र मिलाएर कपडा लगाउँदा लगाउनेको आत्मविश्वास समेत बढ्छ ।

जहाँ अरूभन्दा फरक र स्टाइलिस देखिएर सबैको ध्यान तान्ने मन त कसलाई नहोला र । यसै सन्दर्भमा अफिसको ड्रेसमा कसरी स्टाइलिस देखिने त ? यसबारे यहाँ चर्चा गर्दै छौ :

– मुख्य कुरा त फुल सिल्भ भएको कपडा लगाउनुपर्छ । धेरै साइनिङ भएको कपडा लगाएर जानुहुँदैन । महिलालाई डार्क कलरको कोट–पाइन्ट सुहाउँछ । जस्तै, ब्ल्याक कोट–पाइन्ट, ग्रे कोट–पाइन्ट लगाउन सकिन्छ । 

– जुत्ता नर्मल हिल भएको लगाउनुपर्छ । ठूलो खालको हिल राम्रो हुँदैन ।  सिम्पल मेकअप गर्नुपर्छ भने गरगहना नलगाउनु राम्रो हुन्छ । पर्फ्युम  हल्का लगाउन सकिन्छ । हातको घडीले स्मार्ट देखाउन मद्दत गर्छ ।

– महिलाले जागिरमा जाँदा लाइट कलरका कुर्ता लगाउनु राम्रो हुन्छ । त्यसै गरी, साडी लगाएर जान पनि सकिन्छ । साडी लाइट कलरको लगाउँदा राम्रो देखिन्छ । ठूलो–ठूलो प्रिन्ट भएका, धेरै हेभी साडी लगाउनुहुँदैन । ब्लाउज पनि नर्मल र सिम्पल खालको लगाउनुपर्छ । 

– पुरुषलाई सेतो सर्ट सुहाउँछ । लाइट कलरको सर्टमा डार्क कलरको पाइन्ट म्याच गर्छ । फर्मल कपडामा आइरन लगाउनु राम्रो हुन्छ । बटम राम्रोसँग लगाएको हुनुपर्छ । टाई लगाउँदा थप राम्रो देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?