काठमाडौँ – मैथिली चलचित्र ‘मिलन’ आजदेखि प्रदर्शनमा आएको छ। सामाजिक विकृति तथा पुराना साेचका विरुद्धमा निर्माण भएको मैथिली चलचित्र मैथिली भाषा बोलिने नेपालको विभिन्न स्थानमा रहेको सिनेमा हलमा प्रदर्शनमा आएको हो ।
आर एस जे प्रोडक्सनद्वारा तयार पारिएको सो फिल्मको निर्माता निर्देशन श्याम सुन्दर झा र रामसुन्दर झा रहेका छन् । सन्तोष कुमार झाको लेखनमा निर्माण भएको ठूलो पर्दाको मैथिली कथानक चलचित्रमा समाजमा विधवा विवाहका विषयमा भएको गलत मान्यतालाई चिर्ने प्रयास गरेको छ ।
लेखक सन्तोष कुमार झाका अनुसार फिल्म एक साथ जनकपुरधामको गिरिजा चलचित्र मन्दिर, सिरहाको लहान, राजविराज तथा विराटनगरको दुई वटा सिनेमा भोली देखि प्रदर्शन आएको हो ।
सबै क्षेत्रमा आर्थिक मंन्दिको प्रभाव भएको बेलामा ठूला पर्दाको सिनेमाको निर्माण गरेर मैथिली भाषा, संस्कृति तथा परम्परालाई उजागर गर्ने काम भएको छ ।
चलचित्रमा कथा निक्कै सशक्त रहेको दाबी गरिइएको छ । सिनेमा हलमा दर्शक प्रवेश गरेपछि भरपुर मनोरञ्जन पाउने दाबी फिल्मका कथाकार सन्तोष कुमार झाले दाबी गरे।
बलिउडका राजधानी मानिएका माया नगरी मुम्बईमा तयार पारिएको सो फिल्म दर्शक वर्गले निक्कै मन पराउने विश्वास निर्माण पक्षको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया