मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्याप्सिकम खानुका अनेक फाइदा

तपाईँहरूको भान्सामा क्याप्सिकमको तरकारी पाक्छ होला । उपभोग गर्नुभएकै होला । 

खानामा क्याप्सिकमको प्रयोग स्वाद बढाउनमा मात्र सीमित छैन । यसलाई आफ्नो आहारमा समावेश गर्नाले तपाईँले राम्रा फाइदाहरू प्राप्त गर्न सक्नुहुन्छ ।

क्याप्सिकम पहेँलो, रातो र सुन्तला रङमा पनि पाइने भए पनि खानामा यसको प्रयोग विरलै हुन्छ । यसको एउटा कारण हरियो क्याप्सिकमको तुलनामा यसको मूल्य निकै महँगो हुन्छ ।

क्याप्सिकम धेरै प्रकारका पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । यसमा एन्टिअक्सिडेन्ट, कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन सी, भिटामिन के, पोटासियम, भिटामिन बी–६, क्यालोरी र प्रोटिन राम्रो मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हरियो क्याप्सिकमको सेवन आन्द्राका लागि फाइदाजनक मानिन्छ । वास्तवमा क्याप्सिकममा धेरै मात्रामा फाइबर पाइन्छ । जसले गर्दा पाचन प्रणाली मजबुत हुन्छ र आन्द्राको क्यान्सर जस्ता रोगको जोखिम कम हुन्छ ।

हरियो क्याप्सिकम खाँदा मुटु रोगको जोखिम कम हुन्छ । किनभने खानामा क्याप्सिकम समावेश गर्दा कोलेस्ट्रोल, ब्लड सुगर लेभल र ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । यससँगै क्याप्सिकममा लुटेन नामक तत्व पनि पाइन्छ जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ ।

हरियो क्याप्सिकम शरीरको तौल कायम राख्न धेरै प्रभावकारी हुन सक्छ । वास्तवमा क्याप्सिकम कम बोसोयुक्त खाना हो र यसमा राम्रो मात्रामा फाइबर हुन्छ । 

जसका कारण हरियो क्याप्सिकमलाई आफ्नो आहारको हिस्सा बनाउनाले मोटोपना घटाउन मद्दत गर्छ र पेटको बोसो पनि कम हुन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?