काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार सन् २०२४ मे १७ तारिख । वैशाख शुल्क पक्षको नवमी तिथि । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ ।
नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : आज शिक्षाको लगानीबाट फाइदा हुने दिन छ । नयाँ ठाउँको यात्राले मन भुलाउन सक्छ । मिष्ठान्न भोजनको सम्भावना छ । परिवारको साथ र सहयोग मिल्नेछ । स्वदेशमै लगानीको सम्भावना देख्न सकिन्छ ।
वृष : सङ्घर्षको दिन छ । वैदेशिक क्षेत्रबाट फाइदा मिल्नेछ । स्वदेशी क्षेत्रमा लगानी नगर्नु राम्रो । परिवारको सहमतिमा हरेक योजनामा हात लगाउनु राम्रो हुन्छ ।
मिथुन : अधुरा काम पूरा हुनेछन् । लगानी गर्ने क्षेत्र प्रशस्त छन् छनोट गरेर गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गरिनेछ ।
कर्कट : सानो कुराले ठूलो हल्ला हुन सक्छ । विपक्षी सक्रिय छन् । रोग बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । व्यपार व्यवसायमा फाइदा मिल्नेछ ।
सिंह : उमङ्ग, प्रशन्न मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा नाफा हुने योग छ । पारिवारिक सफलता मिल्नेछ ।
कन्या: परिवारमा मनमुटाव हुन सक्छ । ठूलो लगानी नगर्नु राम्रो । वादविवाद बढ्ने योग छ । वैदेशिक लगानीमा फाइदा र परिवारमा सहयोग मिल्नेछ ।
तुला : धोका मिल्नेछ । परिश्रम गर्नुपर्नेछ । स्वास्थ्य र कृषिमा लगानी गरे उन्नती हुने दिन छ । परिवारबाट सन्तोष मिल्नेछ ।
वृश्चिक : धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु : आज गरेको लगानीबाट फाइदा मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा रमाइलो भेटघाट हुने योग छ । परिवारमा मेलमिलाप हुनेछ ।
मकर : संघर्ष गर्नुपर्नेछ । लाभ मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । ठूलो लगानी नगरेको राम्रो । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
कुम्भ : मन प्रसन्न रहने योग छ । शिक्षा, स्वास्थ्यमा सहजता रहला । पारिवारिक शान्ति कायम हुनेछ ।
मीन : आलस्य बढ्नेछ । आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ । काम बढी र कम बोल्नु राम्रो । शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया