काठमाडौँ– पछिल्लो समय एआई प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ ।
यो सँगै एआई प्रविधि ‘डेभिन’ को रूपमा विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियरका रूपमा तयार भएको छ ।
अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार ‘डेभिन’ धेरै शक्तिशाली छ । जसले छोटो समयमै कोडिङ तथा कुनै एप समेत विकास गर्न सक्छ ।
यस्तै डेभिनले कुनै साइटमा रहेका कमजोरीहरूलाई पनि हटाउन सक्ने बताइएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित कग्निसन ल्याब्स नामक स्टार्टअप कम्पनीले यो एआई सफ्टवेयर इन्जिनियरको निर्माण गरेको हो ।
कम्पनीका अनुसार डेभिनले इन्जिनियरको प्रयोगात्मक अन्तरवार्ताको परीक्षा समेत उत्तीर्ण गरेको छ ।
साथै यसले कुनै अर्को एआई टुलको विकास गरी तालीम पनि दिन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
तर डेभिन प्रयोगकर्ताले अहिले नै प्रयोग भने गर्न पाउने छैनन् । यसलाई आम प्रयोगकर्ताका लागि व्यावसायिक रूपमा कहिलेदेखि उत्पादन गर्ने भन्ने बारेमा कम्पनीले कुनै विवरण सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया