मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडका यी उदाहरणीय एकल आमा, जो सधै चर्चामा रहे

काठमाडौँ– बच्चाको जिम्मेवारी एक्लैले लिनु कुनै पनि एकल अभिभावकको लागि चुनौतीको विषय नै मानिन्छ ।

बच्चाको स्याहारसुसार र हेरचाहका लागि आमा र बुबा दुवै चाहिन्छ  भन्ने गरिन्छ । यद्यपि संसारमा थुप्रै यस्ता आमाहरू छन्, जसले आफ्ना सन्तानको जिम्मेवारी एक्लैले बहन गरिरहेका छन् ।

बलिउड उद्योगमा यस्ता आमाहरू छन्, जसले आफ्ना छोराछोरीलाई एक्लै हुर्काउँदै छन् । उनीहरूले छोराछोरीको जीवनमा आमा र बाबु दुवैको भूमिका उत्कृष्ट ढङ्गले निर्वाह गर्दै सन्तानलाई अगाडि बढाइरहेका छन् । 

नीना गुप्ता

बलिउडमा एकल आमाको लहरमा नीना गुप्ताको नाम लिन सकिन्छ । उनले समाजको रूढिवादी र परम्परागत सोचको बन्धन तोडेर ९० को दशकमा एक्लो आमा बन्ने निर्णय गरेकी थिइन् । गुप्ताकी छोरी मसाबाका बुबाले वेस्ट इन्डिजका पूर्व क्रिकेटर भिभियन रिचड्र्ससँग विवाह गरेकी छिन् ।

कसैको सहयोग बिना उनले बच्चालाई जन्म दिएर हुर्काएकी थिइन् । बलिउडमा उनलाई एक साहसी र शान्त आमाको प्रतीकका रूपमा लिइन्छ ।

आज मसाबा निर्भीक र स्वतन्त्र हुनुमा सम्पूर्ण श्रेय आमा नीनाको उत्कृष्ट पालनपोषणलाई जान्छ भनेर बलिउडमा भन्ने गरिन्छ । उनले हरेक भोगाइहरूमा छोरीलाई कठिनाइसँग लड्न सिकाएकी छिन् ।

सुस्मिता सेन

पूर्व मिस युनिभर्स सुस्मिता आफैँ कहिल्यै आमा बनिनन् तर उनी दुई छोरीका आमा हुन् । उनले सन् २००० मा छोरी रेनी र २०१० मा दोस्रो छोरी एलिसालाई धर्मपुत्रीका रूपमा ग्रहण गरेकी थिइन्  ।

छोरीलाई धर्मपुत्रीका रूपमा ग्रहण गर्दा उनी २४ वर्षकी मात्र थिइन् । मानिसहरूले धेरै प्रश्न र आलोचना गरे पनि उनले एकल आमाको कर्तव्य पूरा गरेर देखाइन् । उनले आफ्ना छोरीहरूलाई आमाबुवा दुवैको माया दिइरहेकी छिन् । 

कोङ्कणा सेन शर्मा 

अभिनेत्री कोङ्कणाले रणवीर शौरीसँग विवाह गरेकी थिइन् । विवाह गरेको केही समयमै दुवैले सम्बन्ध विच्छेद गरेका थिए । त्यसयता उनले छोरालाई एक्लै हुर्काइरहेकी छिन् । यसका लागि उनले अभिनयबाट ब्रेक पनि लिइन् । 

मलाइका अरोडा

मलाइका अरोडाले अरबाज खानसँगको १९ वर्षको वैवाहिक जीवन टुङ्ग्याएकी थिइन् । यसपछि उनले छोरा अरहानलाई पनि सँगै राखिन् ।

अहिले उनले एकल आमाको रूपमा छोरालाई हेरचाह गरिरहेकी छिन् भने आफ्नो कामलाई समेत निरन्तरता दिइरहेकी छिन् । अरबाजले भने हालै मेकअप आर्टिस शुरा खानसँग विवाह गरेका छन् ।

अमृता सिंह

सारा अली खान र इब्राहिम अली खानकी आमा अमृता सिंहले सन् २००४ मा अभिनेता सैफअली खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यतिबेला उनले आफ्ना छोराछोरीको समेत जिम्मा लिइन् ।

बलिउडमा समेत प्रवेश गरेकी साराले आमाको ममता र आमासँग उनको निकटतालाई खुलेरै मिडियामा सुनाइरहन्छिन् । अमृताले दुवै सन्तानहरूलाई परिपक्व र जिम्मेवार बनाएकी छिन् । यता सैफ भने करिना कपूरसँग विवाह गरेर आफ्नै दुनियाँमा छन् । 

करिश्मा कपुर 

अभिनेत्री करिश्मा कपूर समाइरा र कियारा कपूरकी एकल आमा हुन् । सन् २०१६ मा उनले सञ्जय कपूरसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । यसपछि उनले पूरै समय आफ्ना सन्तानहरूलाई दिएकी छिन् ।

उनले आजसम्म पुनर्विवाह गरेकी छैनन् । यसबाट छोराछोरी नै उनको पहिलो प्राथमिकता छन् भन्ने बुझिन्छ । उनले फिल्ममा समेत कमब्याक गरेकी छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?