मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ– बिहीबार सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ बढेसँगै आज प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

यो हालसम्मको उच्च मूल्य हो । यसअघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको हो ।

साथै चाँदीमा पनि प्रतितोला ६० रुपैयाँ बढेकाे छ । यससँगै चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?