मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाँकेमा लागू औषध दुर्व्यसनी विरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान शुरु गरेको छ । 

लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले शुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा जिल्ला प्रहरी, कार्यालय, बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गरेका छन् । 

लागूऔषध दुर्व्यसन पीडितलाई समाजमा पुनः स्थापना गर्ने, लागूऔषधविरुद्ध सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रवर्द्धन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले बताए।

सम्झौता पत्रअनुसार नेपालगन्जका फार्मेसी तथा औषधि पसलको अनुगमन गरी कारबाही गर्ने,दुर्व्यसनी जोखिम स्थान र व्यक्तिको पहिचान र अभिलेख राख्ने, लागूपदार्थ जाँच ‘कीट’को व्यवस्थापन गरी प्रभावकारी निरीक्षणको व्यवस्था मिलाउने, सीमा नाका तथा शङ्कास्पद स्थानमा निगरानी गर्नेलगायत कार्यक्रम सञ्चालन गरिने छ ।

केही समयअघि लागूऔषध कारोबारी पक्राउ गर्न स्थानीय प्रहरी गोली प्रहार गर्न बाध्य भएको थियो भने सीमा क्षेत्रबाट दिनहुँ जसो लागूऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?