मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्स्टाग्राममा आफू अनुकूल स्टोरीहरू निर्माण गर्न सकिने नयाँ स्टिकरहरू थप 

काठमाडौँ– मेटा स्वामित्वको सामाजिक सञ्जाल तथा भिडियो शेयरिङ एप इन्स्टाग्राम स्टोरीहरूमा नयाँ स्टिकरहरू थप गरिएका छन् । 

प्रयोगकर्ताहरूले आफू अनुकूलका स्टोरीहरू बनाउन सक्ने गरी नयाँ स्टिकरहरू थप गरिएको जनाइएको छ ।

इन्स्टाग्राम स्टोरीमा अब प्रयोगकर्ताहरूले एड युअर म्युजिक, फ्रेमस, रिभिल र कटआउट्स नामक चार वटा नयाँ स्टिकरहरू पाउनेछन् ।

‘एड युअर म्युजिक’ नामक स्टिकरबाट प्रयोगकर्ताहरूले स्टोरीमा म्युजिक राख्दा आफ्ना साथीहरूले पनि उक्त स्टोरीमा म्युजिक थप गर्न सक्ने बताइएको छ । 

त्यस्तै, ‘फ्रेमस’ बाट प्रयोकर्ताहरुले स्टोरीमा फोटोहरू थप गर्दा फ्रेमको प्रयोग गर्न सक्नेछन् । 

रिभिल नामक नया स्टिकरबाट आफ्नो स्टोरीलाई देख्न नमिल्ने अथवा निश्चित व्यक्तिहरूबाट हाइड अर्थात् लुकाउन सकिने बताइएको छ ।

त्यसैगरी, इन्स्टाग्राममा थप गरिएको ‘कटआउट्स’ स्टिकरबाट प्रयोगकर्ताहरूले फोटो अथवा अबजेक्टहरुलाई मात्रै काटेर छुट्याउन सक्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?