काठमाडौँ – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप २० वटा स्टारलिङ्क उपग्रह कक्षमा प्रक्षेपण गरेको छ ।
यसमा डाइरेक्छ–टु–सेल क्षमता भएका १३ वटा समावेश छन् । स्पेसएक्सका अनुसार क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्यासिफिक समयको बिहान ११ः३९ मा फाल्कन ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।
केही मिनेटपछि फाल्कन–९ को पहिलो चरणको बूस्टर फर्कियो र प्यासिफिक महासागरमा रहेको ‘अफ कोर्स आई स्टिल लभ यू’ ड्रोनशिपमा अवतरण भयो । स्पेसएक्सकाले पछि २० उपग्रहको तैनाथीको पुष्टि गर्यो ।
स्पेसएक्सका अनुसार स्टारलिङ्कले पहुँच अविश्वसनीय, महँगो, वा पूर्णरूपमा अनुपलब्ध भएका स्थानहरूमा उच्च–गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया