काठमाडौँ– पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएपछि उनका समर्थकहरु बाजागाजासहित पुल्चोक अदालत परिसर पुगेका छन् ।
अहिले उनीहरुले सन्दीपको नाम लिएर उनका पक्षमा नाराबाजी गरिरहेका छन् । माहोललाई शान्त पार्न प्रहरी प्रशासनलाई हम्मेहम्मे परेको छ । अहिले व्यापक रुपमा सुरक्षा परिचालन समेत गरिएको छ ।
सन्दीपका समर्थकले नेपालको राष्ट्रिय झण्डा फहराउँदै खुशीयाली मनाएका छन् ।
जबर्जस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्योसँगै अदालतले पीडित गौशालाको मानसिक अवस्थालाई ध्यानमा राखेर उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन समेत आदेश दिएको थियो ।
बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर लामिछाने जिल्ला फैसलाविरुद्ध उच्च अदालत गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया