मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दीपको मुद्दाको बहस सकियो, न्यायाधीशहरू फैसलाको तयारीमा

काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो ।

मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज पनि हेरिसकेका छन् ।

सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बसेको भनिएको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?