मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

अनमोल र जसिताको सुहाएको जोडी (फोटो फिचर)

कुबेर डंगोल
572
Shares

काठमाडौँ– अभिनेता अनमोल केसी र जसिता गुरुङ अभिनित फिल्म ‘फर्की फर्की’ यही जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्माण टिमले रिलिजअघि व्यापक रुपमा फिल्मको प्रचार गरेको छ ।

अभिनेता केसी लामो समयपछि फिल्ममार्फत पर्दामा देखिँदैछन् । उनले फिल्ममा डेब्यु गरेको दश वर्षको अवधिमा शीर्ष भूमिका निभाएका फिल्ममध्ये यो दशौँ फिल्म हो । दशौँ फिल्म जेठ १० मा प्रदर्शन हुन लागेको भन्दै उनले प्रचारमा समेत समय दिइरहेका छन् ।

जसिता गुरुङ पनि पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् । अर्का चकलेटी अभिनेता प्रदीप खड्कासँग फिल्म ‘लिलिबिली’ मार्फत रजतपटमा डेब्यु गरेकी जसिताको सुन्दरतालाई दर्शकले तारिफ गर्ने गर्छन् ।

फिल्मको प्रचारमा समेत उत्तिकै समय दिइरहेका अनमोल र जसिता केही दिनअघि काठमाडौँको एक रिसोर्टमा भेटिए । प्रचारका क्रममा भेटिएका अनमोलले जोय नेपालसँग भने, ‘यो फिल्ममा मैले म्याडीको भूमिका निर्वाह गरेको छु, यो चरित्र टाइम लूपमा अल्झिन्छ, मलाई आशा छ कि दर्शकले मेरो भूमिकालाई मन पराउनुहुनेछ ।’

त्यस्तै जसिताले पनि फिल्मले आफ्नो करिअरमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले अनमोलसँगको सहकार्यको तारिफ समेत गरिन् । भनिन्, ‘अनमोलसँग काम गर्दा निकै रमाइलो भयो, फिल्ममा हाम्रो जोडीलाई दर्शकले सकारात्मक लिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।’

सुयोग गुरुङले निर्देशन गरेको यो फिल्ममा अनमोल र जसितासँगै रवि काफ्ले र समृद्धि दाहालको समेत शीर्ष भूमिका छ । यो फिल्मलाई रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् ।

यसअघि सार्वजनिक गरिएका फिल्मका पोस्टर, ट्रेलर र गीतले राम्रो चर्चा कमाएका छन् ।