काठमाडौँ– नयाँ तामाङ सेलो गीत ‘जिउ लाग्ने’ सार्वजनिक भएको छ ।
हालै सार्वजनिक गीतमा स्वर निर्मला घिसिङ र सुरेश लामाको समावेश छ । गीतको शब्द रचना भने कुमार स्याङ्बाले गरेका छन् र सङ्गीत छेटुप लामा मोक्तानको रहेको छ ।
गीतको भिडियोको निर्देशन प्रतीक ङेसुरले गरेका छन् । अमृत चापागाईंको सम्पादन रहेको भिडियोमा छायाङ्कन जीवन बास्कोटाले गरेका छन् ।
भिडियोमा आरम्भ तामाङ, रोहनी लामा, सुब्बा लामा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया