मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै, के होला त फैसला ?

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेको उच्च अदालतमा विचाराधीन मुद्दा छिनोफानो आज (बुधवार) हुने भएको छ । दुवैतर्फका वकिलहरुले हिजो मङ्गलवार बहस गरी हेर्दाहेर्दैमा राखेको मुद्दाको छिनाफोनो आज हुन लागेको हो ।

आज सन्दीपको तर्फबाट दुई र गौशाला २६ को तर्फबाट ४ जनाले जवाफीसहित बहस गर्ने जनाइएको छ । बहसपछि मात्रै न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।

मुद्दाको फैसलाबाट सन्दीपले सफाइ पाएमा उनले तत्काल क्रिकेट विश्वकप खेल्न पाउने छन् । दोषी सावित भएमा क्रिकेटमा फर्किने सम्भावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?