मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपीएलमा आज राजस्थान र पञ्जावको भिडन्त

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज एक खेल हुने छ । आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुँदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अङ्क हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।

त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अङ्क हासिल गर्दै पुछारमा रहेको छ ।

यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपीएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो ।

राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्त्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ । 

त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण टिम बाहिर रहेका छन् र उनको अनुपस्थितिमा पछिल्ला खेलहरूमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन्  । 

पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

आइपीएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौँ भएको थियो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?