मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नुहाउने उत्तम समय कुन ? कसरी थाहा पाउने ?

तपाईँलाई लाग्न सक्छ, नुहाउने कुरामा न हो जति बेला नुहाए पनि हुन्छ । तर त्यसो होइन कुन समय नुहाउने भन्ने विषयले पनि महत्त्व राख्दछ ।

अधिकांश मानिस बिहान नुहाउन रुचाउँछन् । त्यसमा केहीले बेलुकाको समय नुहाउन राम्रो हुने तर्क पनि गर्छन् । फुर्सदिला मान्छेका लागि दिउँसो फुर्सदमा आनन्दले नुहाउनु अर्को मज्जाको कुरा होला ।

तर साँच्चै भन्ने हो भने कुन समय नुहाउँदा चाहिँ उत्तम हो त हाम्रो शरीर र स्वास्थ्यका लागि ? नुहाउने समय स्थितिमा निर्भर हुन्छ जस्तै तपाईँको छालाको प्रकार, तपाईँको कामको प्रकार र तपाईँ कति प्रदूषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईँले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।

तपाईँको छाला चिल्लो छ ?

यदि यस्तो हो भने विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरूले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

बिहान दाह्री काट्नुहुन्छ ?

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण पुरुषले बिहान दाह्री काट्छन् भने उनीहरूले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

चाँडै उठ्ने बानी छ ?

तपाईँको बिहान चाँडै उठ्ने बानी छ भने बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरूका लागि यो उपाय राम्रो होइन ।

राति धेरै पसिना आउँछ ?

जसलाई राती धेरै पसिना आउँछ उसले बिहान नुहाउँदा राम्रो हुन्छ । तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरूले बिहान नुहाउन आवश्यक छैन ।

राति नुहाउने बानी छ ?

थुप्रै मानिसलाई राति सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपि, केही अनुसन्धानका अनुसार राति नुहाउनुको अर्थ तपाईँको शरीरको तापक्रममा परिवर्तन हुनसक्छ । जसले प्राकृतिक लयमा बाधा पुर्‍याउन सक्छ र निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नुभन्दा दुई घण्टाअघि नुहाउनुहोस् ।

मेकअप गर्नुहुन्छ ?

यदि तपाईँ सन्सस्क्रिम वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ ? यदि त्यस्तो हो भने त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राति नुहाएर मात्र सुत्नुहुन्छ भने तपाईँको छाला राम्रोसँग सफा हुन्छ ।

धुवाँ धुलोमा काम गर्नु हुन्छ ?

अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईँ लगातार धुलो, प्रदूषण वा कीटाणु आदिको सम्पर्कमा रहनुहुन्छ । त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ । यसकारण नुहाउने निर्णय आफ्नो शरीर वा दिनचर्याको हिसाबले गर्नुहोस् । तर धेरै पटक नुहाउनबाट बच्नुहोस् ।

धेरै नुहाउँदा तपाईँको शरीरको गुड ब्याक्टेरिया जस्तै तपाईँको रक्षा गर्दछ, लाई नष्ट हुन सक्छन् र तपाईँको छाला सङ्क्रमण हुने आशङ्का बढ्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?