मानिसको पहिलो परिचय उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । तर थोरै असावधानीले अनुहारमा हानी पनि पुग्न सक्छ । त्यसैले अनुहारलाई जोगाइराख्न तपाईँले थोरै सावधानी अपनाउनै पर्छ ।
बिहानै सबेरै उठेपछि सबैको मुख धुने बानी हुन्छ । यो राम्रो हो । तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा धेरै ख्याल गर्न आवश्यक छ ।
१ मुख हल्का मन तातो पानीले धुनुपर्छ ।
२. अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।
३. मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।
४. अनुहारको मसाज राम्रो मानिए पनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।
५. हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।
६. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भए पनि प्रयोग गर्नु हुँदैन ।
७. फेसवास अथवा साबुन पानीले धुँदा धेरै रगेड्नु हुँदैन ।
८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
९. अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।
१०. अनुहारलाई हानी पुर्याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन ।
नगर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया