काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाइ आज हुँदै छ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइ वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
यस मुद्दाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्दाको फैसला पनि आजै आउन सक्ने बताइएको छ ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थिए।
पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।
तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया