मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता अमिताभ बच्चनले पहिलो फिल्मका लागि लिएको पारिश्रमिक कति थियो?

काठमाडौँ– बलिउडका अभिनेता अमिताभ बच्चनले मृणाल सेनको ‘भुवन शोम’ नामक फिल्मबाट आफ्नो करिअरको शुरुवात गरेका थिए ।

सोमबार मृणाल सेनको जयन्ती हो । उनले निर्देशन गरेको ‘भुवन शोम’ सन् १९६९ मा प्रर्दशन गरिएको थियो । यस फिल्म ‘बलाई चन्द मुखोपाध्याय’ को बङ्गाली कहानीमा आधारित रहेको छ ।

यस फिल्ममा भुवन शोमको भूमिका उत्पल दत्तले निभाएका छन् । अमिताभ बच्चन भुवन शोमको नेरेटर दिएका थिए । अमिताभ बच्चनले आफ्नो आवाज दिदै भनेका थिए, ‘यो तपाईँको मर्जी थियो कि तपाई उसको भलाई गर्नुहोस् कि खराब ।’

यही लाइनसहित अमिताभ बच्चन मृणाल सेनको फिल्म ‘भुवन शोम’ को ओपनिङ भएको थियो । फिल्म ‘भुवन शोम’ अमिताभ बच्चनले नेरेसन गरेका थिए भने फिल्म ‘सात हिन्दुस्तानी’ मा पहिलो पटक पर्दामा देखा परेका थिए ।

यस फिल्मलाई बेस्ट फिचर फिल्म, बेस्ट डाइरेक्टर र बेस्ट कलाकार गरी तीन वटा अवार्ड जित्न सफल भएको थियो ।

मृणाल सेनले अमिताभ बच्चनलाई फिल्म इडस्ट्रीको करिअरका लागि अवसर दिएका थिए । उसले अमिताभ बच्चनलाई ‘भुवन शोम’ मा ओभर काम गराएका थिए ।

सो बापत उनलाई ३ सय भारतीय रुपैयाँ पारिश्रमिक दिएका थिए ।

मृणाल सेन ‘भुवन शोम’ फिल्मको सुटिङको लागि गुजरात गएका थिए । उसलाई फिल्ममा फ्रेस आवाजको लागि एक जना कलाकार चाहिएको थियो ।

मृणालले आफ्नो साथी ख्वाजा अहमद अब्बाससँग यसबारे कुराकारी गरेका थिए । उनले एउटा अन्तरवार्तामा भनेका छन्, ‘अब्बासलाई मैले एउटा फिल्म बनाउँदै छु । त्यसमा सबै कलाकार नयाँ छन् । मेरो फिल्ममा नेरेशनको लागि एउटा आवाज चाहिएको छ । मैले प्रताप शर्मा जस्ता मान्छेको आवाज सजिलै पाउन सक्छु । तर मलाई कहिल्यै कसैले आवाज नसुनेको आवाज चाहिएको छ ।’

सोही समयमा ‘सात हिदुस्तानी’ को सुटिङको टिम त्यहा उपस्थित थिए । जहाँ अमिताभ बच्चन पनि थिए । अमिताभ बच्चनले मृणालसँग भने, ‘मलाई बङ्गाली आउँछ । म कलाकतामा बसेर आइसकेको छु ।’

मृणालले जवाफमा भने, ‘तिम्रो बङ्गाली राम्रो छ । तर तिम्रो आवाज ठूलो छ । मेरो फिल्म हिन्दी भाषामा छ । फिल्मको नाम र क्यारेक्टर बंगाली नै हो तर फिल्म हिन्दीमा छ । मेरो फिल्मको लागि तिम्रो आवाज देउ ।’

मृणालले अमिताभलाई पारिश्रमिक बताउन अनुरोध गर्दा उनले इन्कार गरे ।

उनले फिल्मी दुनियाँमा पहिलो काम भएकाले पैसा दिन नसक्ने बताए । तर मृणालले अमिताभलाई फिल्ममा करिअर बनाउनका लागि पैसा लिनको लागि अनुरोध गरे अनि मात्रै पैसा लिएर फिल्म ‘भुवन शोम’ मा काम गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?