मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइब्रो बनाउँदा यी कुरालाई ध्यान दिनुहोस् , आउने छ तपाईको अनुहारमा चमक

काठमाडौँ– अधिकांश महिलाहरु सुन्दर देख्नको लागि विभिन्न व्युटि प्रोडक्सको प्रयोग गर्ने गर्छन् । जसमा फेस प्याक, फेसियल र ब्लिजिङ तथा इत्यादी रहेका छन् । तर सबैभन्दा बढी थ्रेडिङ गरिन्छ । किनकि थ्रेडिङले मानिसको लुक्समा प्रभाव पार्ने गर्छ । आइब्रो मात्रै बनाउँदा पनि हाम्रो लुक्समा परिवर्तन आउँछ । र अन्य मेकअपको विधिको तुलनामा यो कम खर्चिलो हुन्छ ।

तर थ्रेडिङ गर्नु पनि सामान्य होइन । एउटा सानो गल्तीले पनि अनुहारको लुक्सलाई असर पार्ने गर्छ । विशेष गरी पहिलो पटक आइब्रो बनाउनेहरुमा धेरै असर पार्ने गर्छ । त्यसैले थ्रेडिङ गर्नुभन्दा पहिले विभिन्न कुरालाई ध्यान दिनुपर्ने हुन्छ ।

जुन हामी तपाईलाई बताउने छौँ ।

आइब्रोको सेपमा ध्यान दिनुहोस्
तपाई पहिलो पटक आइब्रो बनाउँदै हुनुहुन्छ या पहिले पनि बनाउनु भएको छ भने थ्रेडिङको पहिलो असर अनुहारको लुक्समा पर्ने गर्छ । त्यसैले सधैँ आफ्नो अनुहारको सेपको आधारमा थ्रेडिङ गर्न सकिन्छ । साथै आइब्रो बनाउनेलाई तपाई कस्तो सेप बनाउन चाहनुहुन्छ ? सोबारे जानकारी दिनुहोला ।

स्कीनलाई सही तरिकाले होल्ड गर्नुहोस्
आइब्रो बनाउने व्यक्तिलाई तपाईलाई अनुहार सही तरिकाले होल्ड गर्न अनुरोध गर्छन् नत्र तपाईको आइब्रो गलत तरिकाले हुन सक्छ । आइब्रो बनाउँदा कपाल तान्ने भएकाले यस्तो हुन सक्छ । यसबेला अनुहारलाई कडा तरिकाले समातेमा अन्य कपाल तान्नुका साथै हल्का रगत आउन सक्छ । त्यसैले आइब्रो गर्ने स्थानमा कडा तरिकाले समात्नुपर्छ । थ्रेडिङ गर्ने समयमा टीका वा विन्दी लगाएमा बीचको भागमा ग्यापलाई ध्यान दिनुपर्छ । किनकि धेरै ग्याप हुँदा नाकको चौडाइमा लाग्नसक्छ ।

थ्रेडिङ गरिसकेपछि मोस्टरलाइजरको प्रयोग गर्नुहोस्
थ्रेडिङ गर्दा हाम्रो कपाल तान्ने गरिन्छ । यसले आइब्रोमा खटिरा आउन सक्छ । त्यसैले आइब्रो बनाइसकेपछि मोस्टरलाइजरको अनिवार्य प्रयोग गर्नुपर्छ । उसो त पार्लरमा आफैँले मोस्टरलाइजर लगाइदिने गर्छ । यसले तपाईको आइब्रोमा आएका खटिरालाई कम गर्छ ।

मेकअप रिमुभ गरिसकेपछि मात्रै थ्रेडिङ गर्नुहोस्
अधिकांश महिलाहरु मेकअप गरेको अनुहारमै थ्रेडिङ गर्ने गर्छन् । जबकि यस्तो कार्य गर्नु नै हुँदैन । किनकि मेकअपले व्युटिसियनलाई तपाईका वास्तविक आइब्रो पहिचान गर्न नै गाह्रो पर्छ । त्यसैले आइब्रो बनाउनुभन्दा पहिला मेकअप रिमुभ गर्न नभुल्नुहोला । अझ आँखाको मेकअप त विल्कुल नगर्नुहोला ।

पातलो आइब्रोमा पटकपटक थ्रेडिङ गर्नुहुन्न
धेरै महिलाहरुको आइब्रो निकै पातलो हुनेगर्छ । पातलो आइब्रोमा पटकपटक थ्रेडिङ गर्नुहुन्न । किनकि थ्रेडिङपछि आइब्रो पातलो हुनुका साथै अनुहारको लुक बिग्रन सक्छ । यदि तपाईको आइब्रो निकै बाक्लो छ भने थ्रेडिङको सट्टा टीमीङ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?