मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक दुई पटक अमलाको जुस पिउनुहोस्, हुनेछ नसोचेको परिवर्तन

भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम जस्ता जरुरी पोषक तत्त्वले भरपुर अमलाको जुस पिउनु स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

यो भिटामिन सी को राम्रो स्रोत पनि मानिन्छ । तपाईँले एक महिनासम्म दैनिक रूपमा दुई पटक यसको सेवन गर्नुभयो भने स्वास्थ्यमा विभिन्न लाभ दिन्छ ।

जानौँ एक महिनासम्म लगातार अमलाको जुस पिउँदा पाइने फाइदाबारे

–एक महिनासम्म दिनमा दुई पटक अमलाको जुस पिउँदा मेटाबोलिक रेट राम्रो हुन्छ । यसले ‘इरिटेबल बाउल सिन्ड्रोम’ को समस्या भगाउन पनि सहयोग गर्छ । यसले पाचन प्रणाली राम्रो हुन्छ ।

–अमलाको जुसमा एन्टीअक्सीडेन्ट्स हुन्छन्, जसले फ्री रेडिकल्सहरूसँग लड्ने क्षमता दिन्छ । यसले ब्रेन सेल्सलाई ड्यामेज गर्ने वा नोक्सान गर्नबाट सुरक्षित गराउँछ । एक महिनासम्म यसको सेवनले स्मरण शक्ति पनि राम्रो हुन्छ ।

–अमलाको जुस छाला र कपालका लागि पनि त्यत्तिकै राम्रो मानिन्छ । शरीरमा जम्मा भएको फोहोर तथा खराब तत्वलाई बाहिर निकाल्न पनि सहयोग गर्छ । जसले गर्दा छालाका दाग धब्बा, डन्डीफोर, घाउ पनि हराउँदै जान्छन् । कपाल झर्ने समस्या पनि कम हुँदै जान्छ ।

एक महिनासम्म यसको जुस पिउँदा मधुमेहका बिरामीका लागि पनि धेरै फाइदा हुन्छ । यसले रगतमा सुगरको स्पाइकलाई रोक्छ र ब्लड सुगरलाई नियन्त्रित राख्छ ।

–अमलाको जुस पिउँदा मेटाबोलिज्म रेट बढ्छ, जसले गर्दा शरीरको धेरै क्यालोरी बर्न हुन्छ । यसले तौल कम गर्न पनि सहयोग हुन्छ । तपाईँ चियाको स्थानमा अमलाको जुस पिउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?