मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखाको वरिपरि देखिने डार्क सर्कल कसरी हटाउने ?

काठमाडाैँ – प्रदूषण र घामले अनुहारको सौन्दर्य बिगार्छ । प्रदूषणका कारण अनुहारमा विभिन्न किसिमका समस्या देखा देखिन थाल्छ । आँखाको मुनिको भागमा ‘डार्क सर्कल’ कालो घेरा आएपछि पूरै अनुहारको सौन्दर्य थप बिगार्छ ।

डार्क सर्कल थकान, निद्रा पूरा नहुँदा र बढ्दो उमेरको कारण पनि आउँछ । डार्क सर्कल छोप्नका लागि मेकअपको सहायता लिने गरिन्छ तर यो स्थायी समाधान भने होइन ।

शरीरमा पोषक तत्वको कमी, रातको समयमा अनिँधो बसेर लामो समय काम गर्ने बानी, कमजोर, तनाव तथा हर्मोनजन्य गडबडीका कारण आँखाको तलपट्ट कालो घेरा अर्थात् डार्क सर्कल देखा पर्दछ ।

यसले अनुहारको सुन्दरतामा ठूलो असर पूराउँदछ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको विषय बन्दछ । तर चिन्ता गर्नुपर्दैन केही घरेलु उपाय द्धारानै छोटो समयमा डार्क सर्कल हटाउन सकिन्छ ।

डार्क सर्कल हटाउने ५ उपाय

एउटा काँचो आलु लिनुहोस् र त्यसको जुस बनाउनुहोस् । उक्त रसलाई कपासको सहयोगले आँखामुनिको कालो घेरा अर्थात् डार्क सर्कल क्षेत्रमा लगाउनुहोस् । १०-१५ मिनेटसम्म मज्जाले सुक्न दिनुहोस् र मनतातो पानीले मुख धुनुहोस् । दिनमा दुइपटक यस्तो गर्नाले १० दिनमै तपाइँको डार्क सर्कल कम हुन्छ ।

एक चम्चा कागतीको रस र एक चम्चा गोलभेँडाको रस मिलाएर कालो घेरामा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् । लगातार केही दिनसम्म दिनहुँ यहीँ प्रक्रिया दोहोराउनुहोस् ।

दिनमा दुइपटक १ चम्चा कागतीको रस डार्क सर्कलमा मज्जाले लगाउने र १० मिनेटपछि धुने ।

दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्नुहोस् र चिस्याउनुहोस् । त्यसपछि निकालेर ती टिब्यागलाई डार्क सर्कलमा १० मिनेटसम्म राख्नुहोस् । त्यसपछि पानीले अनुहार धुनुहोस् ।

आँखाको तल डार्क सर्कल भएको ठाउँमा नरिवलको तेलले मज्जाले मालिस गर्नुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् । दिनमा ३ पटक यसो गर्नाले १० दिनमा तपाइँको डार्क सर्कल कम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?