काठमाडौँ– फिनिस कम्पनी एचएमडी ग्लोबलले नोकियाले करिब २५ वर्षपछि नोकिया ३२१० फोनको उत्पादन शुरु गरेको छ ।
हालैमात्र बजारमा ल्याएको यो फोन कम्पनीले केही समय अघि आफूले घोषणा गरेअनुसार सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
नोकिया ३२१० को यो संस्करण नयाँ डिजाइन र अपडेटेड सहित उत्पादन गरिएको बताइएको छ। । यो फोनमा नोकियाको सिग्नेचर गेमहरु, टी ९ किप्याड, ट्रयाकप्याड तथा २ मेगापिक्सेल रियर क्यामेरा समेत रहेको छ ।
फोनमा १४५० मिलि एम्पियर आवरको निकाल्न मिल्ने ब्याट्री राखिएको छ । यस्तै ब्लुटुथ ५.०, युएसबी सी पोर्ट र डुअल सिम फोर जी सपोर्ट रहेको छ ।
कालो, निलो तथा सुनौलो गरी ३ रङ्गमा उपलब्ध हुने यो फोन विश्वका अन्य बजारमा पनि छिट्टै उपलब्ध हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया