काठमाडौँ– नई प्रकाशनका चार कृति लोकार्पण भएको छ । वानीरा फाउन्डेसनले राजधानीमा आइतबार गरेको एक समारोहमा संस्कृतिविद तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्तीका अवसरमा कृतिहरु लोकार्पण गरिएको हो ।
फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की, प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले संयुक्त रुपमा कृतिहरुको लोकार्पण गरेका हुन् ।
लोकार्पित कृतिहरुमा प्रा.डा.उषा ठाकुरबाट सम्पादित सुनीता कार्कीको ‘काव्यकारिता,’ प्रा.डा.सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी,’ डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म,’ को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आएम योर्स’ छन् ।
फाउन्डेसनका नइका कुलपति तथा अध्यक्ष प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनीता कार्की, प्रा.डा. कक्षपती, डा.अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया