मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी घरेलु उपाय प्रयोग गरी बन्नुहोस् ४५ वर्षको उमेरमा पनि जवान

काठमाडौँ– कोरियन होस् या जापनिज । उनीहरुको ड्रामादेखि ब्युटी प्रोडक्टस्सम्म अधिकांश महिलाहरुमा प्रभाव पर्ने गरेको छ । कोरियन वा जापनिजको जीवनसाथी कस्ता छन् ?

जापनिज ड्रामामा पुरुष अभिनेता कस्ता छन् ? हामीले तपाईंलाई उनीहरुको फिल्म वा ड्रामाको जस्तै साथी त दिन सक्दैनौँ तर जापनिज महिलाको जस्तै साइन र क्लिन, गोरो स्किनका लागि ब्युटीसम्बन्धी जानकारी भने दिन सक्छौँ ।

तपाईंलाई पनि आफ्नो अनुहारको स्किन जापनिज महिलाको जस्तै सफा र सधैँ जवान भएको चाहनुहुन्छ होला । यसको लागि हामी तपाईंलाई दुई घरेलु विधिबारे जानकारी दिने छौँ । जसले तपाई ४० देखि ४५ वर्षको उमेरमा पनि जवान देख्न सक्नुहुनेछ ।

अच्चमको माचा पाउडर

जाप‍निज महिलालाई जवान देख्नुको राज भनेको माचा पाउडर हो । जुन पाउडर बजारमा सजिलै पाउन गर्छ । यसमा एन्टी-डायबिटिज, एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट जस्ता तत्वहरू पाइन्छ । जुन हाम्रो छालाको लागि धेरै किसिमले फाइदाजनक हुन्छ। यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी गरौं।

यी चीजको प्रयोग गरौँ

-एक चम्चा माचा पाउडर
-एक चम्चा मह
-आवश्यकता अनुसारको दूध

यसरी बनाउन सकिन्छ फेसप्याक

-एउटा सानो भाँडोमा आवश्यकता अनुसार दूधमा माचामा पाउडर राखेर राम्रोसँग मिसाउनुहोस् ।
-जब यसको पेस्ट तयार हुन्छ । त्यसमा मह हाल्नुहोस् र फेरि मिलाउनुहोस्।
-अब जवान देखिने जापानी रेसिपी तयार छ।
-तपाईं यसलाई हप्तामा २ वा ३ दिन प्रयोग गर्न सक्नुहुन्छ।

चामलको क्रिमबाट मिल्लेछ जवानी

चामल खानको लागि मात्रै नभई हाम्रो अनुहारको स्किनको लागि पनि फाइदाजनक छ । यसमा एन्टी एन्जिङ गुण हुन्छ । जुन अनुहारलाई गोरो र जवानी बनाउने काम गर्छ । तपाईं पनि जवानी देख्नको लागि यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।

आउनुहोस् चामललाई कसरी प्रयोग गर्ने भनी सिकाउँछौँ
आवश्यक सामग्रीहरु

-दुई चम्चा चामल
-एक कप पानी
-दुई चम्चा गुलाब जल
-एक चम्चा मह

यसरी बनाउन सकिन्छ चामलको क्रिम

-सबैभन्दा पहिले एउटा प्यान लिनुहोस्। यसमा १ कप पानी र चामल हालेर राम्ररी पकाउनुहोस्।
-चामल पकाएर गाँठो लागेमा छानेर भातमा निकाल्ने ।
-अब यसमा २ चम्चा गुलाब जल र १ चम्चा मह मिसाएर राम्ररी मिलाउनुहोस्।
-अब चामलबाट बनाइएको क्रिम तपाईंको जवानी कायम राख्न तयार छ तपाईं यसलाई दैनिक प्रयोग गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?