मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झापामा सम्बन्ध विच्छेदका मुद्दा बढे

झापा– गत वर्षको तुलनामा झापामा सम्बन्ध विच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्ध विच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् । 

चालु आ‍.व.मा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताए ।

लागूऔषध, अंश, जबरजस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् । श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार सात सय ८५ वटा मुद्दाको फैसला भएको छ ।

तीन हजार पाँच सय ५७ मुद्दा विचाराधीन छन् । जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठ जना न्यायाधीशको दरबन्दी रहेकामा छ जना मात्र सेवारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?